पुस २१,
२०७७,काभ्रे/

नेपाली कांग्रेसकाभ्रे प्रदेश सभा क्षेत्रिय समिति क्षेत्र न १ को ‘क’ र ‘ख’ ले बिरोध प्रदर्शन स्थलको छनौट गरेका छन । नेपाली कांग्रेसकेन्द्रीय समितिले मुलुकभरका ३३० प्रदेश सभा क्षेत्रिय समितिलाई पुस २५ गते सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका बिरुद्ध बिरोध प्रर्दशन गर्न निर्देशन दिए अनुसार प्रतिनिधिसभा क्षेत्र न १ को क ले मंगलटार र ख ले पनौतीमा बिरोध पदर्शन गर्ने निर्णय गरेका हुन ।

प्रदेश सभा क्षेत्रिय समिति क्षेत्र न १ ‘क’ का सचिव गुणराज मुक्तानले सरकारले गरेको संसद विघटन, सर्वसत्तावाद र भ्रष्टाचारका बिरुद्ध काँगे्रसले मंगलटार र पनौतीमा पुस २५ गते बिरोध प्रदर्शन गर्ने निर्णय भएको जानकारी दिनुभयो । प्रदेश सभा क्षेत्रिय समिति क्षेत्र न १ ‘क’ का सभापति रामबहादुर लामाको सभापतित्वमा र ‘ख’ का सभापति रमेशप्रसाद हुमागाईको सभापतित्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

प्रदेश सभा क्षेत्रिय समिति क्षेत्र न १ को ‘क’ मा तेमाल गाउँपालिका, चौँरीदेउराली गाउँपालिका, महाभारत गाउँपालिका, रोशी गाउँपालिकाको वडा न ६ देखी १२ र नमोबुुद्ध नगरपालिकाको वडा न ३, ४ र ५ पर्दछन । त्यस्तै प्रदेश सभा क्षेत्रिय समिति क्षेत्र न १ को ‘ख’ मा खानीखोला गाउँपालिका, पनौती नगरपालिका वडा न ४ देखी १० सम्म, नमोबुद्ध नगरपालिकाको वडा न १, २, ६, ७, ८, ९, १० र ११, धुलिखेल नगरपालिकाको वडा न ९ देखी १२ र बेथानचोक गाउँपालिकाको वडा न ६ पर्दछन ।

Facebook Comments