पुस २१,
२०७७,काभ्रे/

धुलिखेलको ठकुरी गाउँमा पहिचान नखुलेको पुरुष मृत अवस्थामा भेटिएको छ ।

जिल्लाको धुलिखेल नगरपालिका वडा नं. ८ ठकुरी गाँउ स्थित किनारामा पहिचान नखुलेको अन्दाजी ३० वर्षको पुरुष मृत अवस्थामा भेटिएको हो । घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा घटनास्थल लास जाँच प्रकृति मुचुल्का लगायतको कार्य सम्पन्न गरी मृतक लाश पोष्टमार्टम, आफन्तहरु खोजतलास एवं पहिचानको लागि धुलिखेल अस्पतालको शव गृहमा सुरक्षित साथ राखिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका आधारमा वर्ण गहुँगोरो, बाटुलो अनुहार, उचाई अन्दाजी ५ फिट ५, कपाल कालो छोटो, पातलो जुङ्गा र च्यापुमा पातलो दाह्री भएको, सेतो भेष्टमा फिक्का खैरो रंगको रुखको पातको बुट्टा भएको, खैरो रंगको ट्राउजर लगाएको पुरुषको शव फेला परेको छ ।

मृतकसँग हुलियासँग मिल्ने कोही हराएको भएमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ ।

Facebook Comments