पुस २४,
२०७७,काभ्रे/

जिल्लाको बनेपा नगरपालिका वडा नम्बर १३ मा रहेको गौरीशंकर ग्यास उद्योग (हिमाल ग्यास) मा ९ सय ८० किलो क्षमताको ट्यांकी पड्किँदा ३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाका अनुसार चुहावट भएका सिलिण्डरको ग्यास भण्डारण गर्ने उक्त टंयाकी पड्किएको हो ।

दुर्घटनामा उद्योगमा नै कार्यरत ५५ वर्षीय लोकबहादुर खड्का, ४७ वर्षीय साइला भुजेल र ४२ वर्षीय कुमार भुजेल घाइते भएका छन् । घाइते तीनै जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

बस्तीकै आडमा रहेको उद्योगमा ग्यास भण्डारण गर्ने ट्यांकी पड्किएपछि स्थानीय त्रसित छन् । टंयाकी पड्किँदा ग्यास भण्डार गरिएका अन्य २ टंयाकीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

Facebook Comments