पुस २४,
२०७७,काभ्रे/

जिल्लाको रोशी गाउँपालिकामा सार्वजनिक सेवा तयारी सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । रोशी गाउँपालिकाको कार्यालय कटुन्जेवेशीमा भएको उक्त अभिमुखीकरणमा सार्वजनिक सेवाप्रतिको उत्प्रेरणका साथै रोशीमा युवाहरुको चाहना र आवश्यकता के कस्तो रहेको छ भन्ने कुराको पहिचान हुने अपेक्षा राखेको पालिकाका उपाध्यक्ष लक्ष्मीकुमारी बर्तौलाले बताईन् ।

कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले शिक्षा शाखाले शिक्षाको क्षेत्रमा पहुँच बढाउने मात्र नभई स्वरोजगार बढाउन, सार्वजनिक सेवा प्रति चाख बढाउन, रोशीकै युवाहरु भोलीका दिनमा सार्वजनिक सेवाको पहँचमा पुर्याउन युवा लक्षित यस कार्यक्रम समावेश गरिएको बताए ।

रोशीका वडा नं १ देखि ६ सम्मका ३४ जना युवाहरु सहभागी रहेको उक्त कार्यक्रममा, सार्वजनिक/सरकारी सेवा सेवाको बारेमा जानकारी दिने, युवाहरुलाई सार्वजनिक सेवामा आकर्षण गर्ने, सार्वजनिक सेवामा युवा पुस्ताको पहुँच पुर्याउने, सरकारी सेवामा प्रवेश गर्न उत्पे्ररणा जगाउने कार्यक्रमको मुख्य लक्ष्य रहेको शिक्षा शाखाका प्रमुख राम बहादुर तामाङले जानकारी दिए । कार्यक्रमको सहजिकरण नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजन पौडेल र शिक्षा शाखा प्रमुख राम बहादुर तामाङले गरेका थिए ।

Facebook Comments