अशोक बुद्ध लामा–मंसिर ०१,
रोशी/

जिल्लाको रोशी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । आज वितरण कार्यक्रमको अन्तिम दिन वडा नम्बर १ मा वितरण गर्दै सम्पन्न भएको हो । रोशी गाँउपालिका उपाध्यक्ष लक्ष्मी बर्तौला (उप्रेती) को संयोजकत्वमा वडा नं १२ देखि कार्तिक २० गतेबाट वितरण सुरु गरिएको थियो । रोशी गाउँपालिकाले सेभ द चिल्ड्रेनको सहयोग र नाङशाल एशोसिएसन नेपालको समन्वयमा अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण कार्यक्रम शुरु गरेको थियो । वितरण कार्यक्रमको १२ दिन सम्म कुल ३१९ जनाले परिचय पत्र लिएको कार्यक्रम संयोजक बर्तौलाले जानकारी दिईन् ।
आज अन्तिम दिन वडा नं १ मा क वर्गका ७ जना, ख वर्गका १९ जना, ग वर्गका ५ जना र घ वर्गका ७ जना गरी ३८ जनामा परिचय पत्र बितरण गरिएको सहकर्मी अशोक बुद्ध लामाले जानकारी दिएका छन् । वडा नं १ का वडा अध्यक्ष श्रीदाश लामाले स्थानीय सरकार आएपछि घरदैलोमा आएरै समस्या समाधान गर्ने यो काम उदाहरणीय भएको बताउँदै गाँउपालिकालाई र सहयोगी सबैलाई धन्यवाद दिए ।

Facebook Comments Box