पुस २५,
२०७७,काभ्रे/

नेपाली काँगे्रस प्रदेश सभा क्षेत्रिय समिति मार्फत चार स्थानमा बिरोध प्रदर्शन गरेको छ । नेपाली काँगे्रस काभ्रे प्रतिनिधिसभा क्षेत्र न १े क को रोशी गाउँपालिकाको मंगलटार, ख को पनौती नगरपालिकाको पनौतीमा प्रदर्शन सहित कोणसभा भएको थियो । त्यस्तै प्रतिनिधिसभा क्षेत्र न २ क को पाँचखाल नगरपालिकाको तामाघाटमा र ख को बनेपा नगरपालिकाको नालामा सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका बिरुद्ध बिरोध प्रदर्शन गरिएको थियो । पाँचखालमा भएको कोणसभालाई नेपली काँगे्रसका केन्द्रीय सदस्य आन्नद ढुङ्गना, नालामा केन्द्रीय सदस्य एनपी साउद, पनौतीमा केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई र मंगलटारमा भएको कोणसभामा पूर्व सांसद तीर्थ लामाले सम्बोधन गर्नुभएको थियो ।

कालढुंगाबाट शुरु भएको ¥याली मंगलटारमा आएर कोण सभामा परिणत भएको थियो । क्षेत्रीय सचिव गुणराज मुक्तानले संचालन गरेको कोणसभामा रोशी गाउँपालिका वडा नं ९ का सभापति मानबहादुर तामाङले स्वागत मन्तव्य गर्नुभएको थियो । क्षेत्रीय सभापती राम योञ्जनको सभापतित्वमा सम्पन्न भएको कोरणसभालाई पुर्व सांसद ललिता किङरिङ मगर, जिल्ला सचिव दिनेश लामा, जिल्ला सदस्य दिनेश भुर्तेल, रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला, तेमाल गाउँपालिकाका उपाध्यक्ष दुर्गा मायाँ तामाङ, रोशी गाउँपालिकाका सभापति लाल कुमार पाख्रिन, अग्रज नेता शंख बुद्ध लामा, विद्यार्थी नेता गणेश अधिकारी लगायतले सम्बोधन गरेका थिए । सोहि कार्यक्रममा विभिन्न पार्टी परीत्याग गरी ३० जनाले कांग्रेस पार्टी प्रवेश गरेका थिए ।

त्यस्तै पनौतीमा भएको कार्यक्रममा केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, प्रदेश सभा उम्मेद्धार गणेश लामा, क्षेत्रिय सभापति रमेश हुमागाई, पनौती नगरसभापति रामशरण भण्डारी लगायतले मन्तव्य राख्नुभएको थियो । त्यस्तै पाँचखालमा भएको सभालाई नेपाली काँगे्रस केन्द्रीय सदस्य आन्नद ढुङ्गाना, जिल्ला सभापति मधुप्रसाद आचार्य, उपसभापति अच्यूत पौडेल, काँगे्रस नेता कुमार लामिच्छाने, पाँचखाल नगरपालिका प्रमुख एवम प्रदेश समितिका सभापति महेश खेरल, प्रदेश सभा उम्मेदवार सुन्दरमणि आचार्य लगायतले मन्तव्य राख्नुभएको थियो ।

बनेपाको नालामा भएको कार्यक्रमलाई केन्द्रीय सदस्य एनपी साउदले सम्बोधन गर्नुभएको थियो । सो कार्यक्रमका जिल्ला सभापति मधुप्रसाद आचार्य, प्रतिनिधिसभा क्षेत्र न २ का सभापति कञ्चनचन्द्र बादे, प्रदेश सभापति बिदुर घिमिरे लगायतले मन्तव्य राख्नुभएको थियो ।

Facebook Comments Box