
पुस २७,
२०७७,काभ्रे/
काभ्रेको महाभारत र चौरीदेउराली गाउँपालिकामा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार कार्यक्रम लागु भएको छ । यो कार्यक्रम लागु भएसँगै महाभारत गाउँपालिकाका नागरिक खुसी भएका छन् । महाभारत घर्तिछाप ८ का लोक मायाँ दर्लामीको सुत्केरी भएपछि सालनाल खसेन ।
अस्पताल टाढा त्यस माथी यातायातको साधनको पहुँच थिएन । राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उद्धार गरेर काठमाडौं ल्याएपछि उहाँको उपचार सम्भव भयो । उपचार पाएर घर फर्किएपछि उहाँखुसी हुनुहुन्छ । उहाँको उद्धार र सफल उपचार पछि यो कार्यक्रम प्रति नागरिक आसावादी भएका छन् । अब धेरै गर्भवती, सुत्केरी तथा अफ्ठेरोमा परेका अरु बिरामीलाइ सजिलो हुने घर्तीछाप स्वास्थ्य चौकीका स्वास्थ्यकर्मि बुदीदास श्रेस्ठ बताउनुहुन्छ ।
सरकार मार्फत पहिलो पटक हवाई उद्धार कार्यक्रम लागू भएपछि आगामी दिनमा आर्थिक अभावका कारण ज्यान गुमाउन नपर्ने महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो ।
दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि २०७७ अनुसार लगातार लामो प्रश्रव व्यथा लागि बच्चा जन्माउन कठिनाई भएको, गर्भमा नै बच्चाको मुत्यु भएको, गर्भवती अवस्थामा अत्याधिक शरीर सुन्निएको ,सुत्केरी पश्चात अत्याधिक रक्तश्राव भएको, रक्त अल्पता भएको गर्भवती तथा सुत्केरीको हवाइ उद्धार हुने छ ।