रोशी सहकर्मी–मंसिर ०१,
धुलिखेल/

आन्तरिक राजश्व कार्यालय धुलिखेलले आर्थिक बर्ष २०७४÷०७५ मा काभे्रपलाञ्चोकमा सबै भन्दा बढी कर तिर्ने स्वरोजगार लघुवित्त संस्थालाई सम्मानित गरेको छ । आठौं राष्ट्रिय कर दिवसको अवसरमा आइतबार धुलिखेलमा भएको कार्यक्रममा स्वरोजगार लघुवित्तका अध्यक्ष ज्ञानेन्द्रप्रसाद पाण्डेलाई काभे्रका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले सम्मानित गर्नुभएको थियो ।
उक्त लघुवित्तले आर्थिक बर्ष २०७४÷०७५ मा एक करोड ६१ लाख कर तिरेको थियो । सोही अवसरमा आन्तरिक राजश्व कार्यालयका उत्कृष्ट कर्मचारीको रुपमा तुलसीकुमार मल्ललाई सम्मान गरिएको थियो । काभे्रपलाञ्चोक, रामेछाप, सिन्धुपलाञ्चोक र दोलखा कार्यक्षेत्र रहेको आन्तरिक राजश्व कार्यालय धुलिखेलले साप्ताहिक कार्यक्रम गरेर कर दिवस मनाउन लागेको जनाएको छ । काभे्रका प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले धुलिखेलमा शुभारभ्भ गर्नुभएको कार्यक्रम दोलखा, रामेछाप हुँदै सिन्धुपालञ्चोकमा आएर समापन हुने जनाएको छ ।
कर सप्ताहको शुभारभ्भ कार्यक्रममा बोल्नुहुँदै प्रजिअ तिमिल्सिनाले हरेक नागरिकले कर तिर्नुपर्छ भन्नका लागि अभियान चालउनुपर्ने सुझाव दिनुभयो । उहाँले नागरिकमा सचेत नआई कर नउठने भएकाले कर तिरेपछि गर्व गर्न सक्ने वातावरण निर्माण गर्न सक्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण बैद्यले राज्यमा जुन व्यक्तीले बढी कर तिर्छ उही व्यक्तीलाई फाईदा हुने नीति राज्यले लिन सके आमनागरिक खोजी खोजी कर तिर्न आउने छन भन्नुभयो । धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जूकुमार कोजू, काभे्र उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र पसछेंले संघ, प्रदेश र स्थानीय तहले नै कर उठाउँदा समस्या भएको भन्दै कर एक द्धार प्रणाली मार्फत उठाउन माग गर्नुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिनाले हरेक व्यक्ती, संघसंस्थाले राज्यलाई तिर्नुपर्ने कर नतिर्ने प्रवृति बढेको बताउनुभयो । उहाँले सहकारीहरुले कर कार्यालयमा एउटा अडिट र कार्यालय प्रयोजनाका लागि कर नर्तीन कै लागि अर्काे अडिट बनाउने गरेकाले त्यसमा अनुगमन आवश्यक रहेको बताउनुभयो ।
आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीले कर दाता थपिर्दै गएको बताउनुभयो । उहाँले अहिले सम्म ३५ हजार करदाता रहेको, भ्याटमा पाँच हजार सात सय, अन्तशुल्कमा एक हजार पाँच सय जना रहेको जानकारी दिनुभयो । उहाँले कर लुकाइएर कोही पनि उम्कन नसक्ने चेतावनी दिनुहुँदै सम्पत्ती बैद्यताका लागि पनि कर तिर्नु सुझाव दिनुभयो ।

Facebook Comments