यश कुमार परियार–पुस २८,
२०७७,काभ्रे/

बाख्रा र भैँसी पालनको लागी अनुदान आउने भन्दै नागरीक सँग पैसा उठाउँदै हिँडेका एक जनालाई पक्राउ गरिएको छ । फर्जी संस्थाको नाममा काभ्रे जिल्लाको तेमाल गाउँपालिकाका नागरिक सँग पैसा उठाउँदै गरेको अवस्थामा एक युवकलाई उक्राउ गरीएको हो । उक्राउ पर्नेमा सिन्धुली जिल्ला फिक्कल गाउँपालिका वडा नं ५ बस्ने २० वर्षिय सुरेन्द्र मगर भन्ने भुवन पुरामी मगर रहेका छन् ।

मगरले गाउँपालिकाका नागरीकहरु सँग आफु ग्रीन गोल्ड बायो प्लान्टेन्स् नामक संस्थाको प्रतिनिधि भएको र तेमाल गाउँपालिकाको सहकार्यमा भैँसी पालनको लागि ८२ हजार र बाख्रा पालनको लागि ५२ हजार अनुदान दिने भन्दै भैँसी पालनको लागि १ हजार र बाख्रा पालनको लागि ५ सय फारम शुल्क उठाउँदै हिडेका थिए । गाउँमा प्राय साक्षर ब्यक्ति छैनन् भन्ने हेतुले पनि उनि सहजै गाउँ छिरेर पैसा उठाउन सफल भए तर स्थानिय केहि नागरीकले गाउँपालिकामा बुझ्दा भने पालिकाले यस्तो कुनै कार्यक्रम नभएको र सो कम्पनी सँग कुनै सम्झौता नभएको बताएपछि मगरलाई प्रहरीको जिम्मा लगाईएको स्थानीय दावा फेन्चु लामाले जानकारी दिए ।

मगरले स्थानियसँग बाख्रा पालनमा अनुदानको लागि भराएको फारम

अहिले मगर जिल्ला प्रहरी कार्यलय काभ्रेका हिरासतमा छन् । मगरको विरुद्धमा तेमाल गाउँपालिका वडा नं ५ का केशव न्यौपानेले जाहेरी दिएका हुन् । मगरले गाउँका मानिसहरुबाट करीब १ लाखको हाराहारीमा रकम संकन गरेको जाहेरीमा उल्लेख छ । मगरलाई ठगी मुद्धामा जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भईरहेको डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए । मगरले अरु पनि कुनै ठाउँमा यस्तो प्रकारको ठगी गरेको भए प्रहरीमा सम्पर्क गर्नपनि अनुरोध गरेका छन् ।

Facebook Comments