माघ २,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा आज ४ जना कोरोनाका संक्रमित संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य कार्यलय काभ्रले उपलब्ध गराएको विवरण अनुसार आज विभिन्न स्थानका ४ जना कोरोना संक्रमण मुक्त भएका हुन् । जिल्लामा कोरोना संक्रमण भएका ३ हजार ३ सय १ जना मध्ये ३ हजार २ सय २३ जना कोरोना संक्रमण मुक्त भईसकेका छन् ।

यस्तै कार्यलयका अनुसार आज काभ्रेमा कोरोनाका नयाँ संक्रमितको संख्या शुन्य रहेको छ । अब काभ्रे जिल्लामा ३४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । यस अघि जिल्लामा ४४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भईसकेको छ ।

Facebook Comments Box