माघ २,
२०७७,काभ्रे/

पाँचखाल युनाइटेड फुटबल एशोसिएसन (पुफा) को आयोजनामा खुल्ला मेयर कप फुटबल माघ ३ गतेबाट पाँचखालमा हुने भएको छ । उक्त फुटबल प्रतियोगिताका लागि २४ टिमले भाग लिने भएका छन ।

पत्रकार सम्मेलनमा पुफाका अध्यक्ष मिलन श्रेष्ठले काठमाडौं र सिन्धुपलाञ्चोकबाट दुई/दुई टिम, दोलखा, सिन्धुली र उदयपुरबाट एक÷एक टिम र बाँकी काभ्रेपलाञ्चोक जिल्लाबाट सहभागिता हुने जानकारी दिए । नकआउटका आधारमा खेलाइने उक्त खेलको विजय हुने टिमले एक लाख रुपियाँ सहित शिल्ड, मेडल र प्रमाण–पत्र पाउने छन । भने उप–विजेता टिमले नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाण–पत्र पाउने छन ।

पुफाले अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको सहकार्यमा पाँचखाल नगरभित्र रहेका बालबालिकाहरुलाई ग्रास रुट लेभल फुटबल प्रशिक्षण दिदैँ आएको खेलकुद संयोजक गणेश काफ्लेले जानकारी दिए ।

Facebook Comments