माघ २,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं २ को शिखर आम्बोटे स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा सुरु भएको छ ।

सुरक्षित मातृत्व कार्यक्रमलाई लक्षित गरी आज (शुक्रबार) बाटट रोशी गाउँपालिका र वान हार्ट वल्डवाइडको संयुक्त प्रयासमा स्वास्थ्य चौकीमा ग्रामिण भिडियो एक्सरे सेवा सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठले जानकारी दिए ।

हाललाई वडा नं २ मा सुरुवात गरिएको र अन्य वर्थिङ सेन्टरहरुमा पनि समन्वय गरी घुम्ती सेवा विस्तार गर्ने योजना रहेको उनले बताए ।

Facebook Comments Box