रोशी सहकर्मी–मंसिर ०१,
काभ्रे/

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल राजमार्ग काभ्रे खण्डका काम समयसीमै सम्पन्न हुने भएको छ ।
काभ्रे जिल्ला अन्तर्गत भुम्लु गाउँपालिका वनदेउ देखि भुम्लुटार, कोलाती हुँदै चौरी देउराली गाउँपालिकाको बिर्ता देउराली, मादन कुँडारी, कात्तिके देउरालीको बोक्सेमा पुगेर रामेछाप जिल्लाको गुन्सी भदौरेमा उक्त ट्र्याक जोडिने छ । काभ्रे जिल्लामा ४८ किलो मिटर सडकको काम भैरहेको आयोजनाले जनाएको छ । तीन खण्डमा राष्ट्रिय गौरवको मध्यपहाडी पुष्पलाल राजमागको काम भइरहेको छ ।
काभ्रे जिल्लामा वनदेउबाट पौवा डाँडासम्म उक्त राजमागको ५ किलोमिटर हालसम्म ६० प्रतिशतभन्दा बढी काम भएको आयोजनाका सूचना अधिकारी इश्वर कार्कीले बताउनु भयो । उक्त निर्माण कम्पनीले २०७६ फागुन महिनासम्म काम सक्ने ठेक्का सम्झौतामा उल्लेख छ ।
त्यसैगरी काभ्रे जिल्लाको दोस्रो खण्ड भुम्लु गाउँपालिकाको पौवा डाँडा हुँदै फलाटे, कोलाती, चौरी देउराली गाउँपालिकाको पाटीगैह्रासम्म १८ किलो मिटर सडक अहिले ७० प्रतिशतभन्दा बढी प्रगति भइरहेको आयोजनाले जनाएको छ ।
त्यसैगरी काभ्रे जिल्लाकै तेस्रो खण्ड पाटीगैह्रा, बिर्ता, जखाडी, आरुबोट, दोभानटार, हुँदै कातिके देउरालीको बोक्सेसम्म २५ किलोमिटर मोटरबाटोे हालसम्म ९५ प्रतिशतभन्दा माथि प्रगति भएको छ ।
काभ्रे जिल्लाको मध्यपहाडी पुष्पलाल लोकमार्ग खण्डमा ग्राभेल स्टाण्डर्ड मोटरबाटो, बाटोको चौडा साँढे आठ मिटर, नाली, टेवा पर्खाल, कुलेसा, हिमपाइपको काम हुने आयोजनाले जनाएको छ । पछि उक्त मोटर बाटो साँढे सात मिटर कालोपत्रे पनि गरिने छ । मध्य पहाड क्षेत्रबाट बसाईं सराइ रोक्न, जनस्तरबाट उत्पादित कृषि उत्पादनलाई बजारसम्म पु¥याउन उक्त मोटरबाटोले सहयोग पु¥याउने छ ।
आफ्नै घरछेऊमा राजमार्ग स्तरको मोटरबाट आएपछि काभ्रे जिल्लाको वनदेउ, भुम्लुटार, फलाटे, कोलाती भुम्लु, विर्ता देउराली, गोठपानी, मादन कुडारी, कात्तिकेदेउरालीका स्थानीय जनता खुशी भएका छन् । काभ्रे कोशीपारीको तल्लो बेल्टबाट गएको लोकमार्गको लाभ काभ्रे कोशीपारीको माथिल्लो बेल्टका जनताले पनि लिन सक्नेछन् ।

Facebook Comments