माघ ८,
२०७७,काठमाण्डौं/

चीनसँगको प्रमुख नाका तातोपानी फेरि बन्द भएको छ ।

आजदेखि २० दिनका लागि तातोपानी नाका बन्द भएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।

सीमामा रहेको मितेरी पुल पुनर्निर्माण गर्न आजदेखि नाका बन्द गर्ने जानकारी चिनियाँ पक्षले यसअघि नै दिइसकेको थियो । यो नाकाबाट कार्तिक महिनायता एक हजारभन्दा बढी सामान बोकेका कन्टेनर नेपाल भित्रिएका छन् ।

बाढीले क्षति पुर्‍याएको पुल पुनर्निर्माण गर्न २० दिन लाग्ने जानकारी आएको तातोपानी भन्सार कार्यालयका प्रमुख खत्रीले जानकारी दिनुभयो ।

पहिलेकै बाढीले क्षति पुर्‍याएको पुलको एक भागमा यस वर्षको बाढीले थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको हो ।

Facebook Comments