यश कुमार परियार–माघ ९,
२०७७,काभ्रे/

पछिल्लो समय पंक्षी जातीमा लाग्ने एच पाइभ एन वान भाईरस बर्ड फ्लु छिमेकी मुलुक भारतमा देखिएपछि देशका विभिन्न नाकामा पशु चौपाय चेक जाँचलाई कडाई गरिएको छ । भारतको बिभिन्न राज्यका कुखुरामा बर्ड फ्लु देखिएकाले नेपालमा यसको संक्रमण कम गर्न र नाका हुँदै भित्रने कुखुरा तथा पशु चौपायको चेक जाँचको निमित्त रोशी गाउँपालिकाको मंगलटारमा अस्थाई पशु क्वारेन्टाइन चेक पोष्ट स्थापना गरिएको छ ।

पशु क्वारेन्टाइन चेक पोष्टको आज (शुक्रबार) जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख शिवराम पोखरेलले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रजिअ पोखरेलले अस्वस्थ कुखुरालाई जिल्ला भित्रनबाट रोक्न चेकपोष्ट स्थापना गरेको बताए । उनले नागरिकको स्वास्थ्य नै ठुलो धन भएकाले आफु सचेत रहन पनि आग्रह गरे । कार्यक्रमको अध्यक्षता ग्रहण गरेका रोशी गाउँपालिकाका अध्यक्ष डिबि लामाले पशु क्वारेन्टाइन चेक पोष्ट स्थापना गर्न साथ सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिए । चेक पोष्टमा सिमा नाका हुँदै भित्रने कुखुरालाई विशेष प्रथमिकतामा राखी अन्य पशुहरुको चेकजाँच कडाईका साथ गरीने जानकारी दिए ।

पशुहरुको जाँच गर्दा डाक्टरले दिएको सिफारिसको आधारमा नाकाबाट प्रवेश दिईने छ, अन्यथा पशुमा रोग देखिए तत्काल फिर्ता पठाइने बताइएको छ । चेक पोष्टको लागि पालिकाले २ जना कर्मचारी समेत व्यवस्था गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्बरु दहालले जानकारी दिए । उनका अनुसार हाल बनेको अस्थाई पशु क्वारेनटाइनलाई केही समय पछि स्थायी बनाइने छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष डिबि लामा, प्रमुख प्रशासकीय अधिकृत दाहाल, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेका प्रमुख डा. मोगल प्रसाद शाह र जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरिक्ष भुपेन्द्र खत्रीको उपस्थिती रहेको थियो ।

यस एच पाइभ एन वान नामक भाईरस बर्ड फ्लु सन् १९७८ मा पंक्षीमा र १९९७ मा मानबमा देखिएको थियो । नेपाल वर्ड फ्लु देखिने राष्ट्रको ६६ औँ देश हो । नेपालमा पहिलो पटक २०७६ चैत्र १५ गते काभ्रे जिल्लाका एक २१ वर्षीय पुरुषमा वर्ड फ्लु पुष्टि भई उनको मृत्यु पनि भएको थियो ।

Facebook Comments