रोशी सहकर्मी–मंसिर ०१,
धुलिखेल/

सामुदायिक मेलमिलापकर्ता समाज नेपाल काभ्रेको जिल्ला अधिवेशन तथा दोस्रो साधारण सभाले बलराम बजगाँइको अध्यक्षतामा १३ सदसीय कार्यसमितिको चयन गरेको छ । समाजको उपाध्यक्षमा अशोक खनाल, सचिवमा कृष्ण प्रसाद चौलागाई, सह–सचिबमा बबिता बोहोरा, कोषाध्यक्षमा योगलक्ष्मी श्रेष्ठ र सदस्यहरुमा भोज बहादुर खुलाल, इन्द्रजीत लामा, रमेश खरेल, कृष्ण प्रसाद तिमल्सिना, जल बहादुर श्रेष्ठ, शंकर मोक्तान, बुद्धिमान तामाङ, सञ्जय न्यौपाने रहेका छन् ।
संस्थामा हाल ३१ जना आजीवन र १४७ जना साधारण सदस्य गरी १७८ जना सदस्य रहेका छन ।

Facebook Comments