माघ ९,
२०७७,रामेछाप/

नेकपा ओली समुह रामेछाप नगर कमिटीको भेलाले संयोजक सह–संयोजक र सचिव चयन गरेको छ । भेलाले संयोजकमा डेग बहादुर पाख्रिन, सह–संयोजकमा निलकण्ठ ढकाल र सचिवमा सुन्दर घिमिरेलाई चयन गरेको हो ।
नगर कमिटीको कार्यालयीय टीमको प्रमुख जिम्मेवारीबाट मोतिबहादुर तामाङ, होतराज ढकाल, सदस्यहरु रोशन पाख्रीन, इन्दिरा बख्रेल, नरेशबाबु श्रेष्ठ लगायतका नेताहरुलाई हटाइएको शुक्रबार चयन भएका रामेछाप नगरकमिटीका संयोजक तामाङले जानकारी दिए । यसअघि नगर कमिटीको संयोजकमा मोति बुहादुर तामाङ र सहसंयोजकमा होतराज ढकाल रहेका थिए ।
आज भएको भेलामा नेकपाका केन्द्रीय सदस्य एवं लिखु तामाकोसी गाउँपालिकाका इन्चार्ज माधव ढुंगेल, ओली समुह रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ, सचिव पुरुषोत्तम कडरिया, केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य एवं खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ, नेकपाका नेता प्रकाश कार्की लगायतको सहभागीता रहेको थियो ।

Facebook Comments Box