
माघ १०,
२०७७,काभ्रे/
रोशी गाउँपालिकाले आगमी माघ १६ गते हिउँदे गाउँसभा सुरु गर्ने भएको छ । रोशी गाउँ कार्यपालिकाको बैठकले आगमी माघ १६ गते आठौं गाउँसभा गर्ने निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष डीबी लामाको अध्यक्षतामा बसेको बैठकले गाउँसभामा लैजाने योजना कार्यक्रमहरु संसोधन गर्ने निर्णय गरेको थियो । विनियोजन ऐन २०७७ मा समानिकरण, बिशेष, समपुरक, शसर्त, आन्तरिक स्रोत लगायतबाट विनियोजन चालु तथा पुँजिगततर्फको ५८ करोड ९९ लाख ५६ हजार अनुमानलाई देहाय अनुसार संसोधन गरी कुल संसोधित अनुमान ६५ करोड ८८ लाख ४३ हजार कायम गर्न आठौं गाउँसभामा सिफारिस गर्ने निर्णय गरेको थियो ।