माघ १०,
२०७७,सिन्धुली/

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं. १ चिसापानीमा श्रीमानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

शुक्रबार राती ११ बजे ४० वर्षीय शेर बहादुर बुजुले श्रीमती ३६ वर्षीय राममाया घलानलाई बञ्चरोले टाउकोमा हानी हत्या गरेका हुन् । बञ्चरो प्रहारबाट घाइते भएकी घलानको उपचारका क्रममा शनिबार विहान १० बजे हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी श्याम बहादुर खत्रीले बताएका छन् ।

उनका अनुसार घटनाको कारण खुल्न सकेको छैन । श्रीमान श्रीमतीको झगडा भइरहने गरेको स्थानीयले बताएको डिएसपी खत्रीले जनाएका छन् तर खास के कारणले हत्या गरियो भन्ने बारेमा भने केहि खुलेको छैन । श्रीमतीलाई बञ्चरो प्रहार गरेपछि बुजु फरार रहेका छन् ।

Facebook Comments