रोशी सहकर्मी–मंसिर ०४,
काभ्रे/

मध्यपहाडी लोकमार्गमा लेबर काम गर्ने सिन्धुपालञ्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा न ५ का २८ बर्षीय लाक्पा तामाङ मृत भेटिएका छन । मण्डनदेउपुर नगरपालिका वडा न ६ इन्द्रावती खोलामा हिजो बिहान स्थानीयले घप्टो परेको अवस्थामा लास फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय काभे्रका प्रमुख (एसपी) जयराज सापकोटाका अनुसार सोमबार काम नगरी हिडेका सिन्धुपालञ्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा न ५ का २८ बर्षीय लाक्पा तामाङ मृत भेटिएका हुन् । एसपी सापकोटाले घट्ना बारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । मृतकको लास पोष्टमाटमका लागि बनेपामा ल्याएको एसपी सापकोटाले बताए ।

Facebook Comments