माघ १५,
२०७७,काभ्रे/

जिल्लाको पनौती नगरपालिका वडा नं ४ टौखालमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि।को २७ औं स्थापना दिवस संस्थपना दिवस समापन भएको छ । संस्थाका अध्यक्ष प्रकाश बन्जाराको सभाध्यक्षता एवं राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले पानसमा दिप प्रज्वलन गरि समुदघाटन गरेका थिए । कार्यक्रममा २७ औं स्थापना दिवसको प्रतिकको रुपमा २७ वटा दिप सम्पूर्ण अतिथिहरुबाट प्रज्वलन गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सामुदायिक जिल्लामा मात्र नभई देश र विदेशमा समेत उत्कृष्ट रहेको उल्लेख गर्दै एकिकरणको अभियानमा जिल्लामै अग्रणि भुमिका प्रस्तुत गर्दै सहकार्य र सदस्य सेवामा स्थानिय स्तरमा नै सेवा प्रदान गर्दै उत्कृष्ट कार्यगर्न सफल भएकोकोमा बधाई समेत दिएका थिए ।

कार्यक्रममा नेफ्स्कुन अध्यक्ष परितोष पौडेल सम्मानित हुने सवैलाई बधाई दिदैँ आगामि दिनहरुमा संस्थाको अझै विकास र विस्तारको लागि शुभकामना दिएका थिए । त्यस्तै वागमती प्रदेश सहकारी संघ लि। का अध्यक्ष राम शरण शर्मा घिमिरेले संस्थाको योगदानको आभार ब्यक्त गर्दै सामुदायिक जिल्लाकै सहकारीहरुमा गुणात्मक कार्य गर्न सफल सहकारी भएकोमा संस्थालाई दिनुको साथै शुभकामना पनि दिएका थिए ।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माले योजनाबद्ध रुपमा समुदाय तथा कृषक सदस्यहरुको हितका कार्यक्रमहरुलाई निरन्तरता दिँदै अगाडि बढ्न सफल्ताको शुभकामना दिएका थिए । कार्यक्रमको समापनमा संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष प्रकाश बन्जाराले संस्थाले सदस्य र समुदायको आर्थिक तथा सामाजिक स्तर उन्नतिमा योगदान गर्दै आएको र यस अभियानमा प्राप्त सल्लाह सुझावहरुलाई नीति र विधि अनुरुप लागूगर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

स्थापना दिवसको अवसरमा संस्था र नेपाल रेडक्रस सोसाइटी, काभ्रेको सहकार्यमा आयोजित रक्तदान कार्यक्रमा ३७ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल, राष्ट्रिय सहकारी महासंघ लि। का सञ्चालक सदस्य डि।बी। बस्नेत, नेफ्स्कुनका अध्यक्ष परितोष पौडेल, वागमती प्रदेश सहकारी संघ लि।का अध्यक्ष रामशरण शर्मा घिमिरे, वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि। का अध्यक्ष उद्घव सापकोटा, पनौती नगरपालिका उप प्रमुख श्री गिता बन्जारा, वाग्मती प्रदेश बचत तथा ऋण सहकारी संस्था लि। का सञ्चालक कृष्ण प्रसाद तिमल्सिना, जिल्ला सहकारी संघ लि। काभ्रे का अध्यक्ष दिलिप शर्मा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना लगायत जिल्लाका सञ्चारकर्मीहरु, पनौती न।पा। वडा नं. ४ का अध्यक्ष बुद्धसिंह थापा, प्याब्सन काभ्रेका अध्यक्ष पूर्ण कुमार श्रेष्ठ, पनौती नगरपालिकाका सहकारी रजिष्ट्रार इन्द्र प्रसाद अधिकारी, पनौती प्रहरी चौकि प्रमुख अशोक महतो, पूर्व वार एशोसियसन काभ्रेका अध्यक्ष कृष्ण प्रसाद सापकोटा लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments