रोशी सहकर्मी–मंसिर ०४,
काभ्रे/

काभ्रे कै उच्च स्थानमा अवस्थित बेथानचोक नारायणस्थान क्षेत्रमा सररफाई गरिएको छ । बेथानचोक गाउँपालका वडा नं ३, स्थानीय सामुदायिक होमस्टे तथा न्यायिक संसार नामक संस्थाको समन्वयमा प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल नारायणस्थानको सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सर्वसाधरण संस्थाका प्रतिनिधि तथा अन्तराष्ट्रिय स्वयम्सेवकहरुको सहभागिता रहेको थियो । मन्दिर परिसर तथा आसापकासका क्षेत्रमा रहेको फोहोर संकलन तथा नष्ट गरिएको न्यायिक संसारका धुर्व खड्काले जानकारी दिए । बेथानचोक वडा नं ३ का वडा अध्यक्ष दिल बहादुर श्रेष्ठले पर्यटन वर्ष २०२० लाइ मध्यनजर गरि आगामी दिनहरुमा पनि यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिने बताए । आबश्यक पुर्बधार विकासका कार्यकमहरु गरि प्रसिद्ध नारायणस्थानलाई थप प्रबर्दन गर्न सबै सरोकारवाला निकायहरु संग सहकार्य गर्दै अघि बढ्ने उनले प्रतिबद्दता व्यक्त गरे ।
कार्यक्रममा सामुदायिक होमस्टे, न्यायिक संसारका प्रतिनिधि, सम्भब युबा क्लबका सदस्यद्वारा नारायणस्थान सरसफाईमा यस अघि पनि सक्रिय रहेको र यस्ता कार्यलाई निरन्तरता दिइरहने प्रतिवद्धता व्यक्त गरेका थिए । प्रसिद्ध मन्दिर तथा जिल्लाकै उच्च स्थानको रुपमा रहेको बेथानचोक नारायणस्थानमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । एकै स्थानबाट सगरमाथा लगायत प्रसिद्ध हिमशिखर तथा तराईका फाँटहरु सम्मको अवलोकन गर्न सकिने उक्त स्थानको विकासमा स्थानीय तहले समेत विभिन्न क्रियाकलाप संचालन गर्दै आएको छ ।

Facebook Comments