रोशी सहकर्मी–मंसिर ०४,
काभ्रे/

काभ्रेका छ नगरपालिका र एक गाउँपालिकाका २२ हजार छ जना बिद्यार्थीको निःशुल्क कान परिक्षण गरिएको छ । इयर केयर नेपालले काभे्रको धुलिखेल, बनेपा, पनौती, पाँचखाल, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाका एक सय ३० बिद्यालयका २२ हजार छ जना बिद्यार्थीको निःशुल्क कान परिक्षण गरेको हो ।
इयर केयर नेपालका अध्यक्ष डा. मिलन महर्जनका अनुसार डेढ बर्षको अवधीमा बिशेषज्ञ डाक्टर सहितको टोलीले काभे्रका एक सय ३० बिद्यालयका २२ हजार छ जना बिद्यार्थीको कानको परिक्षण (स्क्रिनिङ) गरिएको बताए । परिक्षणका क्रममा बिद्यार्थीमा कानको जोखिम रहेको महर्जनले बताए । उहाँका अनुसार परिक्षण गरिएका मध्ये दुई हजार ८१ जना बिद्यार्थीमा समस्या देखिएको छ । भने दुई सय ९८ जनाको शल्यक्रिया नै गर्नुपर्ने देखिएकोमा दुई सय तीन जनाको निःशुल्क शल्यक्रिया समेत गरेको महर्जनले बताए ।
इयर केयर नेपालका उपाध्यक्ष पुरु रिसालले पाँच बर्षमा सामुदायिक बिद्यालय र गुम्बा बिद्यालयका ६५ हजार बिद्यार्थीको निःशुल्क परिक्षण गरेको बताए । रिसालका अनुसार छ सय ५० को निःशुल्क शल्यक्रिया गरिएको छ । उक्त संस्थाले बिद्यार्थीहरुलाई कानको हेरचाह गर्ने उपाय समेत सिकाएको थियो । नेपालमा बालबालिकामा कानको समस्या रहेको नाक, कान, घाँटी बिशेषज्ञ डाक्टर प्रकाश काफ्लले जानकारी दिए । उनका अनुसार अहिले पनि नेपालमा १६.६ प्रतिशत कान रोगबाट पीडित रहेको बताउ । शहरीकरण, ध्वनीप्रदुषण तथा प्रेसर सुगरको औषधी सेवनका कारणले पनि कानमा समस्या बढ्दो रहेको उनको भनाई छ ।

Facebook Comments