माघ १९,
२०७७,काभ्रे/

जिल्लामा आईतबार सम्म २५ सय १० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार कोरोनाको खोपका लागि छनौट भएका दुई अस्पतालमध्ये धुलिखेल अस्पतालमा ५ सय ३० र मेथिनकोट अस्पतालमा ६६ जना गरी ५ सय ९६ जनाले कोरोना विरुद्धको खोप लगाएको हो ।

जिल्लाका कुल संक्रमित संख्या ३३ सय ३५ मध्ये ३२ सय ७३ जनाको उपचारपछि संक्रमणमुक्त भएका छन् । काभ्रेको बनेपा नगरपालिकामा ८ जना महिल र १ जना पुरुष, धुलिखेल नगरपालिकामा ३ जना पुरुष, पनौती नगरपालिकामा १ जना महिला र ३ जना पुरुष र पाँचखाल नगरपालिकामा १ जना पुरुष गरी अहिले १७ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयको जानकारी छ ।

कार्यालयका अनुसार नमोबुद्ध, मण्डनदेउपुर, भुम्लु, चौरीदेउराली, तेमाल, रोशी, महाभारत, खानीखोला, बेथानचोक गाउँपालिकामा अहिले संक्रमित संख्या शून्य रहेको छ । अहिलेसम्म जिल्लाका ४५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

Facebook Comments