माघ १९,
२०७७,बनेपा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् तरुण विभागका संयोजक शंकर भण्डारीले नेकपाको केपी ओली समूह र प्रचण्ड माधव समूहले सत्ताका लागि नेपाली कांग्रेसलाई निवदेन हाल्न आएको बताएका छन । नेपाली कांग्रेसका भातृसंगठनहरुले संयुक्त रुपमा बनेपामा सरकार बिरोधी गरेको बिरोध सभालाई आज सम्बोधन गर्दै कांग्रेस नेता भण्डारीले कांग्रेस अब कहिल्यै सत्तामा आउँदैन भन्दै हिड्ने कम्युनिष्टहरु अहिले कांग्रेसलाई मुलुक चलाइदिनु प¥यो, हामीले सकेनौ भन्दै सत्ताको निवेदन हाल्न आएका छन, भने । उनले दुवै समूहबाट सरकारको नेतृत्व गर्न प्रस्ताव आएको बताए ।

उनले कम्युनिष्ट देश चलाउन सक्षम छैनन भन्ने दुई बर्ष मै प्रमाणित भइसकेको बताउँदै मुलुकको विकास, समृद्धि, सुशासन र राष्ट्रियताका लागि पुनः नेपाली जनताले कांग्रेस नै रहेछ भन्ने बुझने मौका पाएको बताए । कांग्रेसले जे बोलेको छ, त्यो पुरा भएका छ । तर कम्युनिष्ट एउटा कुरा बोल्छ काम भने अर्काे गर्छ । त्यसैले पनि प्रत्येक बस्ती टोल र गाउँगाउँमा कम्युनिष्ट सरकारले गरेका अत्याचार, भष्ट्रचार, हत्या, हिंसाको जनतालाई काँगे्रसले जागरुक गराउन सक्नुपर्छ, उनले भने । नेता भण्डारीले प्रहरी, प्रशासनले सत्ताको पक्षपोषण गर्दै काँगे्रस नेता तथा कार्यकर्तालाई झुट आरोप लगाउँदै फसाउने षड्यन्त्र गरेको बताउँदै काँग्रेसका तरुण, बिद्यार्थी, मजदुर माथि झुटा आरोप लगाएर फसाउन खोजे काँगे्रसले पछि हिसाब किताव गर्ने छ, भने ।


कार्यक्रममा नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले संसद पुनस्थापना पनि नहुने र आगमी बैशाखमा सरकारले तोकेको चुनाव पनि नहुने अवस्था आयो भने कांग्रेसले आन्दोलनको आधिँवेरी ल्याउने चेतावनी दिए । अहिले हामी अदालतको निर्णय र सरकारले तोकेको निर्वाचनको पखाईमा छौँ । तर अदालतबाट संसद पुनःस्थापना पनि भएन र सरकारले तोकेको मितिमा चुनाव पनि भएन भने अनि कांग्रेसले आफ्नो शक्ती देखाउने छ । उनले अहिलेको आन्दोलन काष्ठिङ मात्र भएको बताए ।

नेपाली कांग्रेसका जिल्ला सभापति मधुप्रसाद आचार्यले बोल्ने र गर्ने पार्टी छुट्याउन नसक्दा नेपाली जनताले पटक/पटक दुःख पाउने गरेको बताउनुहुँदै अब जनताले सहि र गतल पार्टी छुट्याउने समय आएको बताए ।
नेपाली कांग्रेसका जिल्ला सचिव दिनेश लामाले कालो वा सेता जस्तो विरालो भएपनि मुसा मार्ने नै भएको बताउँदै सडकमा गएको कम्युनिष्ट भएपनि सत्तामा गएको कम्युनिष्ट भएपनि सर्वसत्ताबाद लार्दन उद्धत रहेको बताए ।

पूर्व राज्य मन्त्री एवम् संविधान सभा सदस्य कञ्चनचन्द्र बादेले सरकारले लोकतन्त्रको हत्या गरेको बताउँदै आन्दोलनबाट मात्रै लोकतन्त्रको रक्षा हुने बताए । संविधानसभा सदस्य तीर्थ लामाले प्रधानमन्त्री ओली आफूले जे बोल्यो त्यो नै कानून भएको जसरी प्रस्तुत भएका छन, त्यो मुलुकका लागि दुरभाग्य हो, भने । कार्यक्रममा नेता इन्द्रमणि अधिकारी, पूर्व सांसद ललिता किङरिङ, महिला संघका अध्यक्ष शुभलक्ष्मी मानन्धर, तरुण दल काभ्रेका सभापति दावा लामा लगायतले मुलुकलाई सर्वसत्ताबाद हुनबाट जोगाउन कांग्रेस आन्दोलनमा जानुपरेको बताए ।

विभिन्न १० भातृसंगठनद्धारा आयोजना गरिएको बिरोधसभा गोदामचोकमा जम्मा भएर चारदोबाटो हुँदै तीनदोबाटोमा गएर सभामा परिणात भएको थियो । गाउँगाउँबाट आएका कार्यकर्ताले संसद विघटनको बारेमा नारा लगाएका थिए ।

Facebook Comments Box