माघ २०,
२०७७,चौतारा/

दोलखाबाट काठमाडौ जाँदै गरेको अरनिको यातायात को बा ३ ख २७८९ नम्बरको बस लामोसाँघु जिरी सडकखण्डको एघारकिलोमा दुर्घटना भएको छ। दुर्घटनामा परी १५ जना बढी घाइते भएका छन् ।

घाइतेहरुको खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा उपचार भैरहेको र घटनाको थप विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश सापकोटाले जानकारी दिनुभयो । मंगलबार सवा एकमा दोलखाबाट काठमाण्डौ जाँदै गरेको यात्रुवाहक बस तीव्रगतिमा आएको र सडक छेउमा पल्टिएको स्थानीयले बताएका छन् । गोरखापत्र अनलाईनबाट

Facebook Comments Box