माघ २०,
२०७७,काभ्रे/

जिल्लाको रोशी गाउँपालिकाले तामाङ समुदायको महान पर्व ल्होछार पर्वको अवसरमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व सोनाम ल्होछार–२८५७ (लाङ ल्हो)को अवसरमा गाउँपालिकाले तीन दिन विदा दिन लागेको गाउँपालिका अध्यक्ष डि.बि. लामाले आज एक सुचना जारी गर्दै जानकारी दिए ।

पालिकाले सोनाम ल्होसारको अवसरमा माघ २९, ३० र १ गते सार्वजनिक बिदा दिईएको हो । सो दिन गाउँपालिका मातहतका कार्यालय र यसअन्तर्गतका सरकारी कार्यालय साथै शैक्षिक संस्था तीन दिन बन्द हुनेछन् । गाउँपालिकाले यस अघिको वर्षमा पनि ३ दिन विदा दिदै आएको थियो ।

यो सँगै जिल्लाका तिन पालिकाले पर्वको अवसरमा विदा दिएका छन् । यस अघि तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकाले पनि ३ दिन सार्वजनिक विदा दिने निर्णय गरिसकेका छन् ।

Facebook Comments Box