रोशी सहकर्मी–मंसिर ०४,
धुलिखेल/

दिगो बिकासको लागि राष्ट्रिय अभियान नेपालको आयोजना र Open society foundation को सहयोगमा संचालित दिगो बिकास लक्ष्य १६ं दुइदिने जिल्ला पैरवी योजना तर्जुमा कार्यशाला धुलिखेलमा सम्पन्न भएको छ । कार्यक्रम काभ्रे जिल्लाका प्रमुख न्यायाधीस पुरुषोत्तम ढकालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा दिगो बिकासको लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष दयासागर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जुले धारणा राखेका थिए ।
सहभागीको तर्फबाट जनजाति जिल्ला समन्वय समितिका उपाध्यक्ष सुरेश भुजेल र नाङ्शाल एसोसिएसन नेपालका कार्यक्रम सम्योजक बिमला सापकोटाले धारणा राखेकि थिईन् । कार्यशालामा काभ्रे जिल्ला भित्रका फरक फरक बिषयमा काम गर्ने संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box