माघ २३,
२०७७,सिन्धुली/

सिन्धुलीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन ।
शुक्रबार भएको दुर्घटनामा चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्लाको हरिहरपुरगढी गाउँपालिका ५ सिमसारपाखास्थित मदन भण्डारी लोकमार्गमा ना ५ त ५३५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मरिण गाउँपालिका–२ सिन्धुलीका वर्ष २५ का प्रताप लोको मृत्यु भएको हो ।

उनको काठमाण्डौं स्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको बताईएको छ ।

सिन्धुलीका प्रहरी प्रवक्ता तथा प्रहरी निरिक्षक सन्तोष कुमार पोखरेलका अनुसार ट्याक्टर जन्ती बोकेर बखपरबाट मरिण गाउँपालिका २ रातमाटेतर्फ जाँदै गरेको थियो ।

Facebook Comments Box