अशोक बुद्ध लामा–माघ २५,
२०७७,काभ्रे/

रोशी गाउँपालिका वडा नं ९ मा रहेको मंगल जन विजय माध्यमिक विद्यालयको ४३ औ वार्षिक उत्सव तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । सोहि अवसरमा रोशी गाउँपालिका र विभिन्न दातृ निकायले प्रदान गरिएको छात्रवृत्ति पनि वितरण गरिएको थियो । वि.सं. २०३४ सालमा स्थापना भएको विद्यालयमा अहिले स्नातक तह सम्म अध्यापन भईहेको छ ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रधानध्यपक बासु थापाले यस विद्यालय रोशी गाउँपालिकाको नमुना विद्यालय भएको बताए । उनले आगामि दिनमा यस विद्यालय अभिभावक र विद्यार्थीको रोजाईमा हुने विश्वास व्यक्त गरे ।

पुर्व सांसद, नागरिक समुहका अगुवा तथा वरिस्ठ पत्रकार श्याम श्रेष्ठले तत्कालीन पञ्चायतले विद्यालयलाई स्वकृती दिन नमानेको कुरा स्मरण गराउदै गाउँपञ्चायत सँग विजय भएकाले मंगल जन विजय नाम रहेको बताए । उनले अब विद्यालयले जीवन उपयोगी सीप सिकाउनु पर्नेमा जोड दिए ।

पुर्व राज्य व्यवस्था समितिका सदस्य एवं शंखलाल गणेशमाया ट्रष्टका सदस्य शशि श्रेष्ठले श्रमजीवी बस्ने ठाउँमा विद्यालय खोल्नुपर्छ भन्ने उद्देश्य मंगल जन विजय विद्यालय संङ्घर्ष गरेर विजय भएर खुलेको भएर मंगल जन विजय नाम रहन गएको स्मरण गरे । ट्रष्टले गर्नसक्ने र गर्नुपर्ने कुराहरुमा ट्रष्टका पदाधिकारीहरुमा छलफल भईरहेको बताए । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बज्रध्वज लामाले छात्रवृत्ति प्रदान गर्ने विभिन्न दाताहरुलाई धन्यवाद व्यक्त गरे ।
रोशी गाउँपालिका वडा नम्बर ९ का वडा सदस्य मेक बहादुर लामाले पहिलेको अवस्था देखी विद्यालयको अवस्था धेरै परिवर्तन भएको बताउदै आफुहरुले निर्वाचनमा दिएको अस्वासन पूरा गर्दै गएको बताए ।

रोशी गाउँपालिका शिक्षा शाखाका प्रतिनिधि भिम भट्टराईले छात्रवृत्ति कम भएपनि महत्तवपूर्ण रहेको विद्यालयमा कक्षाकोठाको अभाव नरहेको, परम्परावादि शिक्षा उचित नभएको साथै पढाएर मात्रै नभई सिकाउनुपर्नेमा जोड दिए ।

समाजसेवी तथा मंगल जन विजय बहुमुखी क्याम्पसका उपाध्यक्ष खड्का बहादुर लामाले विद्यालय प्रविधिमैत्री भएको र विद्यालय भौतिक सुविधा सम्पन्न भएको बताए । उनले विद्यालयबाट पढ्ने विद्यार्थीहरु विभिन्न तहमा पुगेको र पुग्न सफल होस् भन्ने शुभकामना व्यक्त गरे । युवा समाजसेवी अक्टर ग्याल्बो तामाङले कम्युटर सिकाउने शिक्षक आश्यक रहेको जानकारी भएकोले उक्त शिक्षकलाई तलबको व्यवस्था गर्ने बताए ।

हाल २४ जना शिक्षक रहेको विद्यालयमा ५०० जना भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

Facebook Comments Box