फोटोः सामाजिक सञ्जालबाट

माघ २५,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा आजबाट दोस्रो पालिका अध्यक्ष कप अन्तर वडा फुटबल प्रतियोगिता सुरु भएको छ । तेमाल खेलकुद विकास समितिको आयोजनामा आइतबारबाट सुरु भएको खेलको प्रमुख अतिथि संविधान सधा सांसद तिर्थ लामाले उद्घाटन गरेका हुन् ।

उद्घाटन खेलमा वडा नं १ र ७ बिच प्रतिश्पर्धा भएको प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष ज्ञान बहादुर तामाङले जानकारी दिए । सो खेलमा वडा नं ७ ले ३ गोल र वडा नं १ ले १ गोल मात्रै फर्काउँदा वडा नं ७ विजयी भएको उनले जानकारी दिए । यस्तै दोश्रो खेलमा वडा नं ९ र ४ बिच प्रतिश्पर्धा भएको थियो । सो खेलमा वडा नं ९ ले ४ गोल हानेको हो भने वडा नं ४ ले गोल फर्काउन नसक्दा वडा नं ९ विजयी भएको छ । खेल नकआउट विधिबाट खेलाईएको उनले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै संविधान सभा सांसद तिर्थ लामाले पालिका स्तरिय खेलकुद प्रतियोगिता आयोजना हुनु राम्रो कुरा भएको बताए । उनले यो बेला आफ्नो कला प्रदर्शन गर्नुपर्ने भएकाले खेलमा ध्यान दिन सम्पुर्ण टिमलाई आग्रह गरे ।

कार्यक्रमका विशेष अतिथि तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले खेलमा सहभागि सम्पुर्ण टिमलाई शुभकाना दिए । उनले सम्पुर्ण टिमले खेल जसरी सौहार्दपुर्ण ढंगले सुचारु भएको छ, त्यसरीनै अन्त्य हुनेमा आफु विश्वस्त रहेको बताए ।


पालिका उपाध्यक्ष एवं खेलकूद विकास समितिका अध्यक्ष दुर्गामाया तामाङले “स्वास्थ्यका लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुख्य नाराका साथ २७ गतेसम्म सञ्चालन हुने अध्यक्ष कपले युवा भातृत्व र एकताको विकासका साथै युवालाई शारीरिक, मनोवैज्ञानिक रुपमा तन्दुरुस्ती गराउने र तेमालको गौरव उठाउने विश्वास व्यक्त गरीन् ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष ज्ञान बहादुर तामाङले यस सबै फुटबल टिमलाई शुभकामना दिए । खेलमा प्रत्येक वडाबाट प्रतिनिधित्व हुने गरी ९ वटा टिम प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतियोगिताका सबै खेल गाउँपालिकाको प्रस्तावित रंगशाला वडा नं ७ स्थीत चापाखोरीमा भएको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख, दोस्रो हुने टिमले १ लाख ५० हजार, तेस्रो हुने टिमले १ लाख रुपैयाँ र सान्त्वना प्राप्त टिमले ५० हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर र सबै भन्दा बढी गोल गर्ने खेलाडीले जनही नगद ५र५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका पुरस्कृत सबै टिम र खेलाडीलाई मेडल र प्रमाणपत्रद्वारा पनि सम्मान गरिनेछ । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुँईकेल, वडा नं १, २, ३, ६ का वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box