माघ २८,
२०७७,रामेछाप/

रामेछाप जिल्लाका निर्वाचन कार्यालयले ३८ जनाको विवरण मदाता नामावलीबाट हटाएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावलीमा विवरण समावेश भएका ३४ जना मृतक र दोहोरो विवरण समावेश भएका चार जना गरी जम्मा ३८ जनाको विवरण मतदाता नामावलीबाट हटाएको हो ।

गत माघ १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको मतदाता नामावली अद्यावधिक ९दावी, विरोध० सम्बन्धी कार्यक्रममार्फ उनीहरुको विवरण हटाइएको जिल्ला निर्वाचन कार्यालय रामेछापका सूचना अधिकार गणेश थापाले जानकारी दिए । सूचना अधिकारी थापाका अनुसार २२ जना जनाको सामान्य त्रुटि सच्याएर मदाता नामावलीमा उनीहरुको विरण कायम गरिएको छ । अब, जिल्लामा कायम गरिएको कुल मतदाता सङ्ख्या एक लाख ६७ हजार १२८ रहेको उनले बताए ।

Facebook Comments