यश कुमार परियार–माघ ३०,
२०७७,नारायणस्थान (तेमाल)/

२८५७ लाङ (म्हे) ल्हो, सोनाम ल्होछारको अवसरमा काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले आयोजना गरेको बृहत ल्होछार साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले ल्होछार पर्वको अवसरमा ३ दिन सार्वजनिक बिदा दिई पोखरी नारायण स्थानमा ल्होछार कार्यक्रमको आयोजना गरी गाउँमै ल्होछार मनाउने वातावरण तयार गरेको हो । आज शुक्रबार आयोजित कार्यक्रममा संविधान सभा सदस्य पुर्व सांसद तिर्थ लामाको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै विशिष्ठ अतिथि द्वय तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङ, उपाध्यक्ष दुर्गा माया तामाङ, अतिथिहरुमा गाउँपालिकाका प्रवक्ता वडा नं ७ का अध्यक्ष ज्ञान बहादुर तामाङ, वडा नं ३ का अध्यक्ष बिष्णु बहादुर तामाङ, विभिन्न संघ संस्थाका प्रतिनिधि उपस्थित कार्यक्रममा बि एस बि ईभेन्टस्का अध्यक्ष सुनिल लामाको सभाध्यक्षता थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि संविधान सभा सदस्य पुर्व सांसद तिर्थ लामाले तामाङ समुदायको महान पर्व ल्होछारको शुभकामना दिए । चाड पर्वले भातृत्व कायम रहने र एकले अर्कालाई जोडेन् माध्यम भएकाले सबै मिलेर आफ्नो परम्परा अनुसार पर्व मनाउन अनुरोभ गरे । पुरानो वर्षमा भएका कमि कम्जोरी त्यागी नयाँ वर्ष नयाँ तवरले सुरुवात होस भन्ने उनले कामना पनि गरेका थिए । प्रमुख अतिथि लामाले भौगोलीक रुपमा विकट मानिएको तेमाललाई आगामि दिनमा सम्रिद्धि तर्फ अघि लैजाने प्रतिवद्धता समेत व्यक्त गरे ।

यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विशिष्ठ अतिथि तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले ह्रीञ्जेन दोर्जेको तपोभुमिमा ल्होछार मनाउन पाउँदा खुसी लागेको बताउँदै तेमाल बासी साथै सबैलाई ल्होछारको शुभकामना दिए । उनले गाउँपालिकाले तामाङ समुदायको विशेष पर्व ल्होछार मनाउन ३ दिन सार्वजनिक विदा दिएर गाउँमै पर्व मनाउने वातावरण तयार पारेको बताए । उनले शुभकामना मन्तव्य सँगै गाउँपालिकाको विकासमा निरन्तर खटिरहेको र नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाको सिमा देखि गाउँपालिकाको भवन सम्म आईपुग्ने बाटो कालोपत्रे गर्ने काम अघि बढिसकेको बताए ।


यस्तै कार्यक्रममा विशिष्ठ अतिथि तेमाल गाउँपालिकाका उपाध्यक्ष दुर्गा माया तामाङले तामाङ समुदायको महान पर्व ल्हेछारको शुभकामना दिईन् । ल्होछार पर्व गाउँगाउँमा मनाउनु पर्छ भन्ने हेतुले भव्य कार्यक्रमको आयोजना गरेको बताउँदै उपाध्यक्ष तामाङले हाम्रो धर्म संस्कृती परम्परालाई निरन्तर अघि बढाउनुपर्नेमा जोड दिईन् ।


कार्यक्रमको अवसरमा वरिष्ठ संगितकार तथा गायक चन्द्र कुमार दोङ र २०४२ साल देखि गित संगितमा योगदान पुर्याउँदै आउनु भएका गायक तथा संगितकार चन्द्र कुमार मोक्तानलाई गाउँपालिकाले सम्मान गरेको थियो ।

कार्यक्रमको सुरुवातमा तामाङ परम्परा अनुसार लामा गुरुहरुले पुरानो ल्हो अर्थात पुरानो वर्ष फालेर नयाँ वर्षलाई स्वागत गरेका थिए । यस्तै स्थानिय झाँक्रिहरुले आफ्नो नृत्य पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बरिष्ठ संगितकार तथा गायक चन्द्र कुमार दोङ, संगितकार तथा गायक विश्व दोङ, गायक हरी कर्माचार्य ग्लुमी गाईज, शशिकला मोक्तान, निर्मला घिसिङ, वाई एस के ग्रप लगायत स्थानिय कलाकारहरुले बेजोड प्रस्तुति दिएका थिए ।

Facebook Comments Box