माघ ३०,
२०७७,काभ्रे/

जिल्लामा आज दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार आज थपिएका संक्रमितमध्ये पनौती नगरपालिकाबाट एक जना महिला र बनेपा नगरपालिकाबाट एक जना पुरुष गरी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३३ सय ४६ पुगेको छ ।

त्यस्तै जिल्लामा आज एक जना संक्रमितको उपचारपछि संक्रमणमुक्त भएको कार्यालयका प्रमुख डा।नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार जिल्लाका कुल संक्रमितमध्ये ३२ सय ८८ जनाको उपचारपछि संक्रमणमुक्त भएका छन् । काभ्रेमा अहिले १३ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ । जिल्लामा अहिलेसम्म कोरोना संक्रमणका कारण ४५ जनाको मृत्यु भइसकेको छ ।

देशभर सञ्चालन भइरहेको कोरोना विरुद्धको खोपको पहिलो चरणको कार्यक्रममा जिल्लाका ३४ सय ९४ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको जानकारी छ ।

Facebook Comments Box