फागुन ३,
२०७७,काभ्रे/

कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप कार्यक्रम अन्र्तगत काभ्रेमा आज २ सय ७६ जनाले लगाएका छन् । धुलिखेल अस्पताल र मेथिनकोट अस्पतालमा गरी आज २ सय ७६ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

दोस्रो चरणको खोपमा पहिलो चरणमा छुट भएका स्वास्थ्य मातहतका व्यक्तिहरु, स्थानीय पालिकाका जनप्रतिनिधि तथा अन्य कर्मचारी, निजामति सेवाका कर्मचारी, जनपथ प्रहरी र खोप केन्द्रमा खटिएका ससस्त्र प्रहरी रहेका छन् ।

त्यसैगरी बैंक तथा तथा वितिय संस्थाका कर्मचारी, प्राधिकरण र संस्थामा कार्यरत कर्मचारी, न्याय सेवा समुहका कर्मचारी, पत्रकार, एम्बुलेन्स तथा शव वाहन चालक तथा सहचालकहरु र शव व्ययवस्थापनमा प्रत्यक्ष खटिने व्यक्तिहरु रहेका छन् । यस्तै कोरोना भाइरस विरुद्धको पहिलो चरणको खोप अभियानमा ३ हजार ४ सय ९४ जनालाई खोप लगाईएको छ ।

Facebook Comments Box