फागुन ३,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको पाँचखालबाट जातिय छुवाछुत तथा भेदभाव मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार जातिय छुवाछुत तथा भेदभाव मुद्दामा फरार रहेका ३ जना प्रतिवादीलाई प्रहरीले हिँजो फाल्गुण २ गते पाँचखालबाट पक्राउ गरिएको हो ।

२०७४ साल माघ १ गते पाँचखाल नगरपालिका वडा नं ६ का धन बहादुर मिजारलाई सार्वजनिक स्थलमा दलित भनी अपशव्द तथा गालिगलौज गरी जुत्ताको माला लगाएर गाउं निकाला गर्ने भन्दै पाँचखाल नगरपालिका वडा नं ६ का ३७ वर्षीय रामचन्द्र श्रेष्ठ, २५ वर्षीय नविन श्रेष्ठ र ३० वर्षीय दिपक श्रेष्ठले धम्की दिएका थिए । आफूलाई गरेको अभद्र व्यवहारपश्चात धन बहादुरले उनीहरुविरद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेमा जाहेरी दिएका थिए ।

कार्यालयले धनबहादुरको जाहेरीको आधारमा जातिय छुवाछुत तथा भेदभाव मुद्दा शिर्षकमा अनुसन्धान पश्चात मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतमा पेश गरेको थियो । अनुसन्धानको क्रममा २०७६ साल असार १६ गते उच्च अदालत पाटनले सबै प्रतिवादीहरुलाई जनही ४ महिना कैद र ५ हजार रुपैँया जरिवाना र पिडितलाई जनही २५ हजार रुपैँया क्षतिपुर्ति दिनुपर्ने फैसला गरेको थियो ।

फैसला कार्यन्वयनको सिलसिलामा सम्मानित अदालतबाट प्राप्त लागतहरुमा फरार रहेका प्रतिवादीहरुको खोजतलास गर्दै जाने क्रममा प्रहरीले उनीहरुलाई पाँचखाल नगरपालिका वडा नं ६ बाट फाल्गुण २ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी कुमार विक्रम थापाले जानकारी दिए । उनका अनुसार पक्राउ परेका प्रतिवादीहरुलाई काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलमा पेश गरिएको र अदालतको आदेशले निज प्रतिवादीहरु बाँकी कैद र जरिवाना भुक्तानको लागि कारागार कार्यालय धुलिखेल पठाईएको छ ।

Facebook Comments Box