फागुन ४,
२०७७,काभ्रे/

वाणी तथा विद्याकी अधिष्ठात्री सरस्वतीको पूजा आराधना गर्दै मुलुकभर श्रीपञ्चमी मनाइएको छ । यो दिन विद्यारम्भको मुख्य तिथि भएकोले विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ । श्रीपञ्चमीका दिन सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।

यसैबिच काभ्रे जिल्लामा पनि विभिन्न शैक्षिक संस्थाहरुमा कार्यक्रम गरी सरस्वती पुजा मनाईएको छ । सरस्वतीको मन्दिर नजिक नभएकाहरुले घरमा नै मन्दिरको थपना गरी पुजा आराधना गरेका थिए । सरस्वती पुजाको दिन शुभकार्य गर्न साइत हेराउनु नपर्ने मान्यता रही आएको छ । वसन्त पञ्चमीमा सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ ।

Facebook Comments