फागुन ४,
२०७७,काभ्रे/

जिल्लाको पनौती नगरपालिकाले नगरभित्र रहेका सहकारीहरुसँग सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाको सातौँ नगर सभाबाट आर्थिक वर्ष २०७७र७८ का लागि स्थानीय सहकारी क्षेत्रसँगको सहकार्यमा कार्यक्रम गर्नको लागि विभिन्न शिर्षकमा बजेट विनियोजन गरेको थियो । सोही बजेट मार्फत काम गर्नको लागि नगरपालिकाले स्थानीय सहकारीहरुसँग प्रस्ताव पनि माग गरेको छ । ईच्छुक स्थानीय सहकारीले १५ दिन भित्र नै प्रस्ताव पेश गर्नको लागि अनुरोध गरिएको नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार स्थानीय सहकारीहरुसँगको सहकार्यमा गरिने कार्यक्रममा सहकारी ऐन नियमका मुख्य विषेशताा एंव ऐक्यवद्धता तथा आबद्ध गोष्टि, कोपोमिस सम्बन्धि तालिम र सम्पत्ति सुद्धिकरण सम्बन्धि तालिम कार्यक्रम रहेका छन् ।

Facebook Comments Box