फागुन ४,
२०७७,रामेछाप/

रामेछाप जिल्लामा २३८ जनाले कोरोना विरुद्धको दोश्रो चरणको खोप लगाएका छन् । खोप अभियान सुरु भएको तेस्रोदिन मंगलबार जिल्ला अस्पताल रामेछापमा ५० जना र मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा ५० जना गरि १०० जनामा कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वाथ्य अधिकृत भुवन थापाले जानकारी दिए ।

दोश्रो चरणको खोप अभियान अन्तर्गत जिल्लाका सवै स्थानीय तहका जनप्रतिनिधिहरु, जिल्लाका सबै सरकारी कार्यालयका प्रमुख र कर्मचारीहरु, नेपाल प्रहरीहरु, शसस्त्र प्रहरीहरु र बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु र विभिन्न सामाजिक संघसंस्थामा कार्यरत कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार दोश्रो चरणको खोप लगाउन एक हजार ४०० जनाले आफ्नो नाम टिपाएका छन् । यसअघि पहिलो चरणको खोप अभियानमा एक हजार ९३ जनालाई खोप लगाइएको थियो ।

Facebook Comments Box