फागुन ५,
२०७७,काभ्रे/

कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप कार्यक्रम अन्र्तगत काभ्रेमा आज ३ सय ३८जनाले लगाएका छन् । धुलिखेल अस्पताल र मेथिनकोट अस्पतालमा गरी आज ३ सय ३८ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

दोस्रो चरणको खोप कार्यक्रममा लक्षित समूह अन्र्तगतका पहिलो चरणमा छुट भएका स्वास्थ्य मातहातका व्यक्तिहरु ३० जना, स्थानीय पालिका जनप्रतिनिधि तथा अन्य कर्मचारी ४० जना, निजि सेवाका कर्मचारीहरु १ सय ६ जना, जनपथ प्रहरी ४६ जना, बैंक तथा वित्तिय संस्थाका कर्मचारी ५४ जना, प्राधिकरण तथा संस्थानमा कार्यरत कर्मचारी ४६ जना ,पत्रकार ५ जना र एम्बुलेन्स तथा शव वहान चालक तथा सह–चालक १ जना गरी आज ३ सय ३८ जनाले कोरोना विरुद्धको खोप लगाएको कार्यालयका प्रमुख डा।नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार योसँगै जिल्लामा दोस्रो चरणको खोप कार्यक्रममा ११ सय ७२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

कोरोना खोपका लागि अनुमित पाएको जिल्लाको धुलिखेल अस्पताल र मेथिनकोट अस्पालमा कोरोना विरुद्धको खोपको दोस्रो चरणको कार्यक्रम सञ्चालन भइरहेको छ । यस अघि जिल्लामा पहिलो चरणको कोरोना विरुद्धको खोप कार्यक्रममा ३४ सय ९४ जनाले खोप लगाइसकेको कार्यालयको जानकारी छ ।

Facebook Comments Box