रोशी सहकर्मी–मंसिर ०४,
तेमाल/

हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सबलिकरन भन्ने मुल नाराका साथ तेमाल गाँउपालीकामा हिजोबाट प्रधानाध्यापक र शिक्षकहरुका लागि स्वातः उत्प्रेरणा, जागरण, शिल निर्माण र सहज शिक्षण विधि सम्बन्धि तालिम सुरु भएको छ । तेमाल गाँउपालिकाको आयोजनामा सुरु भएको भएको उक्त कार्यक्रमको पहिलो सत्रमा तेमाल गा .पा. वडा नम्बर ५ र ७ को विद्यालयबाट २६ जना शिक्षकहरुको उपस्थित रहेको थियो । कार्यक्रममा तेमाल गा.पा. अध्यक्ष सलाम सिं तामाङ, उपाध्यक्ष दुर्गामाया तामाङ, प्रमुख प्रशसकिया अधिकृत लक्ष्मण कुईकेल, समजिक विकास संयोजक लगायतका व्यक्तिहरुको उपस्थित रहेको थियो ।

Facebook Comments