फागुन १०,
२०७७,काभ्रे/

बेथानचोक गाउँपालिकामा अपाङ्गता परिचयपत्र बितरण शिविर कार्यक्रम सन्चालन गरिएको छ । गाउाँपलिकाको वडा नं १ च्याम्राङबेशिमा उक्त कार्यक्रम संचालन गरिएको हो । गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले जनतामा सहजै सेवाको पहुँच पुराउन यो कार्यक्रम संचालन गरिएको बताए । अपाङ्ग अशक्त नागरिकहरु परिचयपत्रकै लागि कष्टकर तवरले गाउँपालिका सम्म धाउन नपरोस भनी वडा वडामै कर्मचारी खटाइ परिचय पत्र बितरण कार्य संचालन गरेको बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भन्डारीले बेथानचोक गाउँपालिकाले बर्षनी वडा वडामा गएर अपाङ्गता भएका नागरिकहरुलाई स्वास्थ्य परिक्षण लगायत अन्य प्रक्रिया पूरा गरी परिचय पत्र बितरण गरीँदै आएको बताए ।
अपांगता भएका नागरिक हरुलाई परिचयपत्र बितरण गर्दै वर्गीकरणको आधारमा राज्यले तोकेको सुबिधा उपलब्ध हुने गर्दछ । वडा वडामा जाने र अपाङ्गता परिचयपत्र बितरण शिवीर कार्यक्रम निरन्तर सबै वडामा संचालन गरिने महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुजाता आचार्यले जानकारी दिएकी छिन् ।
यसरी वडामा नै डाक्टर सहित अपाङ्ग तथा अशक्त हरुलाइ चेकजाँच गरि परिचयपत्र बितरण गर्दा वडाबासीले गाउँपालिका नेतृत्वको प्रशंसा गरेका छन् । जनताको घर दैलोमै राज्यले गर्नु पर्ने दायित्व भित्रबाट गरिएको यस्ता कार्यबाट स्थानीय सरकार बास्तबमानै आपै सँग छ र आफ्नै निम्ती काम गर्दैछ भन्ने आभाष दिलाएको स्थानीय बताउछ्न ।

Facebook Comments