फागुन ११,
२०७७,काभ्रे/

काभ्रेमा आज नयाँ कोरोनाका संक्रमित नभेटिएको स्वास्थ्य कार्यलय काभ्रेले जनाएको छ । काभ्रेमा अहिले ६ जना कोरोनाका सक्रिय संक्रसित छन् । ४ जना महिला र २ जान पुरुष हुन् ।
सबैजना होम आइसोलेसनामा रहेको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए । काभ्रे जिल्लामा हालसम्म ३ हजार ३ सय ४९ जनालाई कोरोना संक्रमण पुष्टि भईसकेको छ । भने ४५ जनोको मृत्यु भईसकेको छ ।
काभ्रे जिल्लामा पहिलो चारण अन्र्तगत पहिलो प्राथमिकतामा परेका ३ हजार ४ सय ९४ जनालाई र दोस्रोे प्राथमिकतामा परेका ३ हजार २ सय ९५ जनालाई खोप लागाईएको कार्यलयले जनाएको छ ।

Facebook Comments