फागुन १२,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं ३ मा ने.क.पा. लगायत विभिन्न पार्टी पारीत्याग गरी ३५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आज एक कार्यक्रमका बिच संबिधान सभा सदस्य तिर्थ लामाले नव प्रवेशीहरुलाई खादा लगाएर स्वागत गरेका हुन् ।

कार्यक्रममा बाग्मति प्रदेश तरुण विभागका उपसंयोजक दावा लामा, प्रदेश सभा ख उमेद्वार सुन्दरमणी आचार्य, नेपाल आदिबासी जनजाती संघका अध्यक्ष रोशन लामा, बनेपा नगर सचिव महेस कर्मचायले नव प्रवेशीहरुलाई स्वागत गरेका थिए ।

Facebook Comments Box