फागुन १३,
२०७७, रातमाटे (नमोबुद्ध)/

नमोबुद्ध नगरपालिका २ को वडा कार्यालय भवननिर्माण सुरु भएको छ ।
बिहीबार एक कार्यक्रमकाबीचनमोबुद्ध नगरपालिकाकाप्रमुख टिपी शर्मा तिमल्सिनाले भवनको शिलान्यास गरेसँगै कार्यालय निर्माण सुरु भएको हो । २०७८ असार १६ गतेभित्रकार्यालय भवननिर्माण सक्नेगरी सम्झौताभएपनि त्यसअघि नै निर्माणको काम सम्पन्नहुने अपेक्षागरिएको छ । यो बर्ष निर्माण हुनलागेको नमोबुद्ध नगरपालिकाको यो पाँचौं वडा कार्यालय भवनहो । यसअघि नै वडा नं. ७, ८ ९ र १० को भवननिर्माण सुरु भइसकेको छ । वडा नं. २ को भवननिर्माणका लागिसिद्धिविनायक निर्माण सेवाधुलिखेलसँग ध्याटबाहेक ४० लाख७४ हजार ५ सय ७१ रुपैयाँमा ठेक्का सम्झौताभएको छ ।

वडा कार्यालय भवनशिलान्यास कार्यक्रममानगर प्रमुख टिपी शर्मा तिमल्सिनाले नगरमापूर्वाधार निर्माणसँगै अन्य महत्वपूर्ण कार्यको सुरुवातगरिएको बताए । प्रविधिमैत्री, अपांगमैत्री र वातावरणमैत्री संरचनानिर्माण गरिएको र यसले सेवाग्राहीलाई सहजरुपमा सेवालिने वातावरण निर्माण हुने तिमल्सिनाले बताए । नगरमाखानेपानीको समस्यालाई दीर्घकालिनरुपमा समाधानगर्दै लगिएको र थप योजना अघि बढाउन डिपिआरको काम सकिएको तिमल्सिनाले बताए । नगरलाई वातावरणमैत्रीबनाउने आफूहरुको योजना सफलतातर्फ उन्मुखभएको, नगरभित्रविभिन्ननिकायसँगको सहकार्यमाराष्ट्रिय गौरवका योजनाहरु सञ्चालनगर्न लागिएको तिमल्सिनाको भनाई थियो ।
कार्यक्रममानगरपालिकाकाप्रमुखप्रशासकीयअधिकृत राजनपौडेलले वडाबाटै जनताकाअधिकांशकामहुने भएकाले वडा कार्यालय भवननिर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको बताए ।

हाल वडा नं. २ र ४ बाट अनलाइनमार्फत राजस्वभुक्तानीको सेवा सुरु गरिएको र अन्य वडामा पनिविस्तार गर्दै लगिने पौडेलले जानकारी दिए । गुणस्तरीय ढंगले कार्यालय भवननिर्माण सम्पन्नगर्नकालागिजनताको पहरेदारी आवश्यक रहेको भन्दै उनले भोलीको पुस्तालाई समेत गर्व गर्ने ठाउँको रुपमाविकास हुने अपेक्षासमेत गरे ।

वडा अध्यक्ष सञ्जीव ढकालको सञ्चालनमा सम्पन्नभएको शिलान्यास कार्यक्रममा स्थानीयकुमार दाहालले वडा कार्यालय निर्माण हुनलागेको रातमाटे न्यायको केन्द्र बनेको बताउँदै कार्यालय निर्माणको काम अघि बढेकोमाखुशीव्यक्त गरे । सबै जनतालाई पायक पर्ने ठाउँमा वडा कार्यालय भवननिर्माण भइरहेको बताउँदै दाहालले पारदर्शीरुपमातोकिएको समयमै काम सम्पन्नहुने विश्वाससमेत व्यक्त गरे । कार्यक्रममास्थानीयबासी, जनप्रतिनिधि, नगरपालिकाकाकर्मचारीहरुएवं विभिन्न क्षेत्रमाक्रियाशिल सामाजिकव्यक्तित्वहरुको उल्लेखनीयउपस्थिति रहेको थियो ।

Facebook Comments Box