रोशी सहकर्मी–मंसिर ०४,
थान्सिङ/

काभ्रेको रोशी गाउँपालिका–७ थान्सिङवेशी र नमोबुद्ध नगरपालिका–६ खरिबोटमा बनेको पुल बर्षैंदेखि अलपत्र अवस्थामा रहेको छ । जिल्लाको रोशी गाउँपालिकाको थान्सिङवेशी, सिपाली, सिसाखानी, महादेवटार, शिखरआम्बोटे, खहरेपाँगु लगायत विकट डाँडापारिस्थित महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाका स्थानीयबासिन्दाहरुको सुविधाको लागि २०६५ सालमा पुल निर्माण गर्ने सम्झौता भएर निर्माण कम्पनीले ०६९ सालबाट ठेक्का लिएको पुल अझैसम्म पनि पूरा भएको छैन ।
रोशी खोलाका कारण खोलापारि क्षेत्रका बासिन्दाहरुले बर्खा लागेपछि खाद्यन्नदेखि त्यहाँ उत्पादित, दूध, तरकारीका साथै आवश्यक सामग्री ढुवानी गर्न समस्या ब्यहोर्दै आईरहेका छन् । रोशी गाउँपालिका महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाका स्थानीय क्षेत्रको बासिन्दाहरुका सुविधाका लागि भनेर सामुदायिक सुधार परियोजना अन्तर्गत जापान सरकार र नेपाल सरकारबीचको मित्रता र सहयोगको चिनो स्वरुप जापानी जनताको तर्फबाट अनुदान सहयोग प्राप्त पुल सम्झौता भएको करिब एक दशक बित्दा समेत पूरा हुन सकेको छैन ।
निर्माण कार्यको जिम्मा पाएका कम्पनीले बेवास्ता गरेका पुल निर्माणका लागि लगिएको सामग्रीहरु समेत खोला छेउछाउमा नै यत्रतत्र छरिएर राखिएका कारण बाढीले बगाउने र हराउने सम्भावना उतिकै रहेको छ ।

Facebook Comments