रोशी सहकर्मी–मंसिर ०४,
रोशी/

रोशी गाउँपालिकाको कटुन्जेवेशीमा विद्यालय व्यवस्थापन तथा नियमन कार्यविधि २०७५ बमोजिम गठित गाउँ शिक्षा समितिको वैठक सम्पन्न भएको छ । रोशी गाउँपालिकाका अध्यक्ष एवं गाउँ शिक्षा समितिका संयोजक डि.वि.लामाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रोशी गाउँपालिकाको प्राथमिक तहको दरबन्दी मिलान तथा प्राथमिक तहको स्थायी शिक्षक पदस्थापन सम्बन्धमा छलफल भएको थियो । संघिय सरकारबाट आर्थिक वर्ष २०७६–७७ मा प्राप्त क्क्म्ए को ससर्त अनुदानका कार्यक्रम बाँडफाँड, प्राथमिक साक्षरता र गणित कार्यक्रमका लागि विद्यालय छनौट साथै विस्थापित शिक्षक व्यवस्थापन सम्बन्धमा छलफल भएको हो ।
बैैठकमा रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी बर्तौला, प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहाल, सामाजिक विकास समितिको संयोजक धनजीत लामा, शिक्षक महासंघको अध्यक्ष अम्बिका प्रसाद दाहाल, देवी माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव थापा, महेन्द्र थिङ, भिम प्रसाद भट्टराई, लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments