फागुन १७,
२०७७,काभ्रे
/
काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा रेयुकाई आँखा अस्पतालले गरेको निशुल्क आँखा सिबिरमा १ सय ९८ जना लाभान्वित भएका छन् । रेयुकाई आँखा अस्पतालको बनेपाको प्राबिधिक सहयोगमा नमोबुद्ध नगरपालिका, लियो तथा लाइन्स क्लब अफ काठमाडौ टेम्पल चन्डेश्वरीको आयोजनामा साथै काभ्रेपलान्चोक च्याम्बर अफ कमर्सको सह आयोजनामा नमोबुद्ध -८, पिपल्टारमा भएको निशुल्क आँखा सिबिरमा १९८ जना बिरामीहरुले आँखा सम्बन्धि उपचार लिएका हुन् ।
शिविरमा अएका मध्य १९ जनालाई चस्मा बितरण गरिएको छ भने २२ जनालाई भकुण्डेमा रहेको रेयुकाई अस्पतालमा मोतियाबिन्दुको निशुल्क अप्रेसन गरिने आयोजकले जनाएको छ । आजबाट सुरु भएको सिबिर फागुन २९ गते सम्म नमोबुद्ध नगरका विभिन्न स्थानमा संचालन हुनेछन् ।

Facebook Comments Box