फागुन १८,
२०७७,काभ्रे/

सार्वजनिक स्थाल र सार्वजनिक यातायात/ कार्यलयलाई भय रहीत, सुरक्षित, मर्यादित एवं यौनजन्य दुर्व्यवहारमुक्त बनाउने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय काभ्रेले सेफ्टी पिन क्याम्पेन सञ्चालन गरेको छ । सार्वजनिक स्थल, सार्वजनिक यातायात, कार्यालय लगायतका क्षेत्रमा महिला तथा बालबालिकामाथि यौनजन्य दुर्व्यवहार हुँदै आएकोमा यस्लाई न्युनिकरण गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेले विशेष अभियान स्वरुप सेफ्टी पिन क्याम्पेन सञ्चालन गरेको हो ।

सार्वजनिक स्थलमा महिला तथा बालबालिका माथि हुने यौनजन्य दुर्व्यवहार विरुद्ध पीडित तथा प्रभावित नागरिकलाई सचेत गराउने अभियान स्वरुप क्याम्पेन सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । माघ महिनाबाट सञ्चालन गरेको क्याम्पेन कार्यक्रम विशेष गरेर जिल्लाको बजारी क्षेत्र, बस पार्क लगायतका स्थललाई केन्द्रित गरिएको छ । सार्वजनिक स्थलहरुमा यौनजन्य आशयले महिला तथा बालबालिकाहरुको अंगमा छुने तथा छुन प्रयास गर्ने, यौनजन्य आशयले जिस्क्याउने तथा हैरानी दिन, अश्लिल तथा यौनजन्य आशय प्रर्दशन गर्ने लगायतका गतिविधिबारे सचेतनाका लागि उक्त अभियान सञ्चालन गरिएको कार्यालयको महिला,बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रले जनाएको छ ।

नेपालको संविधान २०७२ को धारा ३८ को ३ अनुसार महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारिरिक, मानसिक यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य वा शोषण गर्नु दण्डनिय हुनेछ । उक्त कार्य गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीन हजार रुपैँयासम्म जरिवाना हुने कानुनमा उल्लेख छ ।

कार्यालयले अहिले विशेष गरेर सार्वजनिक यातायातका चालक, सह–चालक, यात्रुहरुलाई यौनजन्य दुर्व्यवहार विरुद्धको सचेतनामूलक ब्रोसर वितरण गर्दै उक्त कार्य अन्र्तगतका कानुनी कावार्हीका बारेमा पनि सचेत गराइरहेको केन्द्रको जानकारी छ ।

Facebook Comments Box