
फागुन १८,
२०७७,काभ्रे/
जिल्लाको नमोबुद्ध नगरपालिकाले युवा प्रतिभाको खोजी तथा प्रोत्साहान प्रतियोगितामा सहभागि हुन आवहान गरेको छ । नगरपालिकाले एक सुचना जारी गर्दै नगर भित्रका १६ वर्षदेखि २४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई ‘सम्बृद्ध राष्ट्र निर्माणमा युवाका विचारहरु’ शीर्षक लेखन प्रतियोगितमा सहभागि हुन आग्रह गरेको हो ।
“ ‘सम्बृद्ध राष्ट्र निर्माणमा युवाका विचारहरु’ शीर्षक लेखन प्रतियोगित फाल्गुण २३ गते हुने भएकाले ईच्छुक व्यक्तिहरुले फाल्गुण २२ गते भित्र ‘युवा प्रतिभाको खोजी तथा प्रोत्सहान कार्यक्रम सञ्चालन समबन्धी कार्यप्रक्रिया २०७७’ को अनुसूची १ बमोजिमको ढाँचा अनुसार निवदेन आवहान गरिएको छ”– सुचनामा उल्लेख छ ।
नगर स्तरिय प्रतियोगित फाल्गुण २३ गते हुने भएको हुँदा फाल्गुण २२ गते भित्र आवेदन दिनुपर्नेछ । नगरमा छनौट भई जिल्ला स्तरिय हुँदै फागुन २८ गते प्रदेश स्तरिय प्रतियोगितामा सामेल गराईने बताईएको छ ।